+
+

सम्हालियो नेप्से, परिसूचक ३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १५:१४

२० मंसिर, काठमाडौं । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । सोमबार कारोबार खुला भएसँगै लगातार घटिरहेको नेप्से पहिलो घण्टा नबित्दै २ हजार ५ सय तल झरेको थियो ।

३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो । साताको पहिलो दिन आइतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार सम्हालिएको छ ।

कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । दिनभर भएका ६९ हजार ८८८ कारोबारबाट ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment