+
+

यस्ता छन् विश्वकप फुटबल हुने कतारका ८ रंगशाला (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १७:५२

२० मंसिर, काठमाडौं। कतारले अर्को वर्ष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२२ आयोजना गर्दैछ। फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।

यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । उद्घाटन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राति १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ । फाइनल स्थानीय समयअनुसार र साँझ ६ बजेदेखि सुरु हुनेछ । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् ।

आगामी नोभेम्बरदेखि डिसेम्बरसम्म कतारका यी ८ रंगशालामा विश्वकपअन्तर्गत विभिन खेल हुनेछन् ।

१. खालिफा अन्तर्राष्ट्रिय रंगशाला

दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानका लागि हुने खेलसहित विभिन्न प्रतियोगिता हुँदैछन् । ४० हजार क्षमता रहेको उक्त रंगशाला सन् २०१७ को मे महिनामा उद्घाटन गरिएको थियो । यो विश्वकपका लागि कतारले बनाएको पहिलो रंगशाला समेत हो ।

२. अल जनुब रंगशाला

दुई वर्षअघि उद्घाटन गरिएको अल जनुब रंगशालामा ४० हजार दर्शक अट्न सक्छन् । यो ‘स्क्र्याच’बाट बनेको पहिलो रंगशाला हो । अल जनुब रंगशालामा ‘अन्तिम १६’सहितका विभिन्न खेल आयोजना गरिने छ ।

३. एजुकेशन सिटी स्टेडियम

कतारको एजुकेशन सिटीमा अवस्थित यो रंगशालाको दर्शक क्षमता समेत ४० हजार रहेको छ । गत जुनमा उद्घाटन गरिएको उक्त रंगशालामा समूह चरणदेखि क्वार्टरफाइनलसम्म विभिन्न खेल हुनेछन् ।

४. अल बायट रंगशाला

यसै नोभेम्बरमा उद्घाटन गरिएको अल बायट रंगशालाको क्षमता ६० हजार रहेको छ । अल खोर शहरमा बनाइएको अल बायटमा सेमिफाइनलसहित विभिन्न खेल हुनेछन् । प्रतियोगितापछि रंगशालाको २८ हजार सिटबाट उठ्ने रकम विकासशील मुलुकलाई प्रदान गरिने आयोजकहरूको भनाइ छ ।

५. अल रायन रंगशाला

गत डिसेम्बरमा उद्घाटन गरिएको अल रायन रंगशालाको सिट क्षमता ४० छ । अल रायल शहरमा रहेको यो रंगशालामा अन्तिम १६ सहित विभिन्न खेल हुनेछन् ।

Al Rayan Football Stadium, Qatar

६. अल थुमामा रंगशाला

दोहामा बनेको अल थुमामा रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ । यसै अक्टोबरमा उद्घाटन गरिएको उक्त रंगशालामा क्वार्टरफाइनलसहित विभिन्न खेल आयोजना गरिने छ ।

७. रस अबु अबुद रंगशाला

यो विश्वकप फुटबल इतिहासमै ‘डिमाउन्टेबल’ अर्थात् प्रतियोगितापछि हटाउन वा अन्यत्र सार्न सकिने पहिलो रंगशाला हो । ४० हजार दर्शक अट्न सक्ने उक्त रंगशाला हालै उद्घाटन गरिएको थियो । रस अबु अबुद रंगशालामा अन्तिम १६अन्तर्गतका खेलसहित विभिन्न प्रतियोगिता हुनेछन् ।

८. लुसाइल रंगशाला

लुसाइल रंगशाला विश्वकप-२०२२ आयोजना हुने सबैभन्दा ठूलो रंगशाला हो । ८० हजार दर्शक अट्न सक्ने उक्त रंगशालामा फाइनलसहित रहेक चरणका विभिन्न खेल हुनेछन् ।

अलजजिराबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?