 
																			२१ मंसिर, जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिकामा मंगलबार बिहान एक जना व्यक्तिको शव फेला परेको छ ।
एकडारा गाउँपालिका-५ बथनाहास्थित एक इँटा उद्योगको नजिकै ती व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले शव जलेश्वर नगरपालिका-७ अन्कार निवासी रामसृष्ठ यादवको भएको बताए ।
एसपी आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको अनुमान गरिएको छ ।
शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र रिपोर्ट आएपछि थप अनुसन्धान सुरु गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4