+
+

साझा उम्मेदवार तय गर्न दबाव दिँदै चाक्सीबारीमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १६:१४

२१ मंसिर, काठमाडौं । १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न रामचन्द्र पौडल समूहलाई कार्यकर्ताले दबाब दिएका छन् ।

मंगलबार सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका छन् ।

नेताहरु छलफलमा रहेका बेला महाधिवेशन प्रतिनिधिको एक समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न दबाब दिँदै नेता सिंहको निवासमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले साझा उम्मेदवारको विकल्प छैन, एकतामात्रै जितको आधार हो, नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्, अहिले नमिले कहिले मिल्ने आदि लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?