+
+

यूएईमा नयाँ वर्षदेखि सप्ताहन्तको सार्वजनिक बिदा अढाइ दिन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ७:१८

२२ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा सन् २०२२ को जनवरीदेखि अढाइ दिनको सप्ताहन्त हुने भएको छ । अर्थात् सरकारी कार्यालयहरुमा सातामा साढे चार दिनमात्रै काम हुनेछ ।

गल्फ न्यूजका अनुसार यो बिदा शुक्रबार मध्याह्नदेखि सुरु हुने छ । शनिबार र आइतबारको दिन पनि पूरै बिदा हुने छ । सबै सरकारी कार्यालयहरुमा यो बिदा लागू हुने छ ।
अरु दिनहरूमा भने बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन भने बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरु खुल्नेछन् । सो क्रममा घरैबाट काम गर्ने विकल्पसमेत राखेर काम गराइलाई लचिलो बनाइएको छ ।

शुक्रबार मध्याह्नको नमाजको समय यूएईभर दिउँसो सवा १ बजेदेखि हुनेछ ।

यो निर्णय उत्पादकता बढाउन र वर्क लाइफ ब्यालेन्सलाई ध्यानमा राखेर गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?