+
+

सन्दीप र राजेन्द्र भन्छन्- राजेश हमाल उभिँदा मात्रै पनि शक्ति मिल्छ 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १२:०६
'सप्तरंग' का लागि आयोजित पत्रकार सम्मेलनमा हास्य कलाकार सन्दीप क्षेत्री

२२ मंसिर, काठमाडौं । मंसिर २४ गतेबाट पुस ९ गतेसम्म देशका सातै प्रदेशमा आयोजना हुने ‘सप्तरंग’ कार्यक्रममा अभिनेता राजेश हमाल पनि सहभागी हुँदैछन् । यस्तै गायक बद्री पंगेनी, प्रमोद खरेल, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार, अस्मिता अधिकारी, मोडल उषा उप्रेती पनि मंसिर २३ गते ‘सप्तरंग’का लागि काँकडभिट्टा जाँदैछन् ।

कार्यक्रममा अन्य कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएपनि अभिनेता राजेश हमालको भने प्रस्तुति यही भन्ने हुँदैन । कार्यक्रमका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हास्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्रलाई पत्रकारहरुले यही प्रश्न सोधेका थिए ।

‘के राजेश हमाललाई उभ्याएर, उहाँकै पछाडि बसेर तपाईंहरुले उहाँलाई उडाउने मात्र काम हो त ?’ भन्ने प्रश्नमा सन्दीपले भने, ‘राजेश हमालको तस्वीरसँग उभिएर हामीले तस्वीर खिच्न पाउनु नै ठूलो सौभाग्य हो । राजेश हमालले आजको राजेश हमाल बन्नका लागि आफ्नो जवानी र सबै समय खर्च गर्नु भएको छ । यसैले राजेश हमाल उभिँदा मात्र पनि काफी हुन्छ ।’ राजेश हमाल उभिँदा मात्र पनि आफूहरुलाई प्रेरणा मिल्ने उनले बताए ।

यस्तै, राजा राजेन्द्रले राजेश हमाललाई भगवानसँग तुलना गरे । उनले भने, ‘राजेश हमाल भनेको शक्ति हो, विम्ब हो । भगवान हरेक ठाउँमा उभिँदैनन्, तर शक्ति दिइरहेका हुन्छन् । राजेश दाइले केही नगर्दा पनि सबैथोक भइसकेको हुन्छ । राजेश दाइ भनेको इतिहासको समग्रता हो, यसको अर्थ सबैले इनर्जी मिलेको महसुस गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?