+
+

अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १२:५८

२२ मंसिर, काठमाडौं । अष्ट्रेलियाले पनि आगामी फेब्रुअरीमा बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने घोषणा गरेको छ ।

अमेरिकाले यसअघि नै मंगलबार बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरिसकेको छ । अमेरिकी घोषणालगत्तै अष्ट्रेलियाले समेत शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएको हो ।

बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएका हुन् । ‘मानव अधिकार र सिनजियाङको मुद्दा’सम्बन्धी चासो चीनसमक्ष व्यक्त गरेको पनि उनको भनाइ छ ।

तर आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा अष्ट्रेलियाका खेलाडी सहभागी हुने मोरिसनले प्रस्ट पारे ।

अमेरिकाले पनि मानव अधिकार हनन र जिनसियाङका उइगुर मुस्लिममाथि भइरहेको व्यवहारका कारण बेइजिङ ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा प्रतिनिधि नपठाउने निर्णय गरेको छ । तर अमेरिकी खेलाडी भने सहभागी हुने छन् ।

चीनले शीतकालीन बेइजिङ ओलम्पिक कुटनीटिक रुपमा बहिष्कार गर्ने अमेरिकी घोषणाको निन्दा गरिसकेको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले अमेरिकी कदमप्रति ‘सशक्त जवाफ’ दिने बताएका थियो । तर चीनले दिने सशक्त जवाफबारे उनले केही खुलाएनन् ।

त्यस्तै, लिजियानले अमेरिकामाथि ‘खेलकुदमा राजनीतिक तटस्थता’ को सिद्धान्त उल्लंघन गरेको आरोप समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?