+
+

पुटिनलाई बाइडनको आग्रह : तनाव कम गरेर कूटनीतिमा फर्किनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १३:०८

२२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको सैन्य तनाव कम गर्न आग्रह छन् ।

बाइडनले मंगलबार पुटिनसँग भएको दुई घण्टा लामो भर्चुअल बैठकमा युक्रेन वरपर रुसी सेनाको बढ्दो उपस्थितिका कारण अमेरिका र युरोपेली मुलुकहरू निकै चिन्तित भएको बताएका थिए ।

भर्चुअल बैठकपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनसँगको सैन्य तनाव थप चर्काएमा रुसविरुद्ध कडा कदम चालिने उल्लेख छ । विज्ञप्ति अनुसार बाइडनले युक्रेनको भौगोलिक अखण्डताप्रति अमेरिकी समर्थन दोहोर्‍याएका छन् ।

‘राष्ट्रपति बाइडनले युक्रेनको सार्वभौमिकता तथा भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन पुन: दोहोर्‍याउनु भएको छ र तनाव कम गर्दै कूटनीतिमा फर्किन अपिल गर्नु भएको छ’, ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, भर्चुअल बैठकमा पुटिनले आफ्नो सीमाना नजिकै नेटो सेनाको उपस्थिति र हतियार तैनाथीलाई लिएर चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

उनले अमेरिकी समकक्षीसमक्ष नेटो सेना पूर्वतर्फ थप विस्‍तार नहुने र युक्रेन लगायतका मुलुकमा अत्याधुनिक हतियार तैनाथ नगरिने कुरालाई सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

पुटिनले नेटो गठबन्धनमाथि रुसी सीमा नजिक आफ्नो उपस्थिति मजबुत पारिरहेको र ‘युक्रेनी भूमि कब्जा गर्न खतरनाक प्रयास’ गरिरहेको आरोप लगाएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?