+
+

श्रृङ्खलावद्ध हत्याका आरोपी गुलजार पक्राउ

सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १३:४३

२२ मंसिर, सप्तरी । सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् ।

उनलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

‘उनी लुकिछिपी बसेका रहेछन्’ काफ्लेले भने, ‘विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएका हौं ।’ गुलजारमाथि २०६४ देखि २०७१ सालसम्म सुनसरी र सप्तरीमा भएको ९ वटा हत्याका घटना संलग्न भएको आरोप छ ।

२०६९ सालमा भएको पटेर्वा–१ का ससुरा–बुहारी सहबुद मियाँ र सगिरा खातुनको हत्या, २०७० मा तत्कालिन त्रिकौल गाविस–५ कि अधिकारकर्मी निर्मलादेवी साहको हत्यालगायतका घटनामा गुलजारको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?