+
+

लिङ्देन अध्यक्ष भएपछि राप्रपाको पहिलो निर्णय : एकता वार्ताका लागि समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १८:३८

२२  मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।

राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

बैठकले आगामी स्थानीय तहको निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्रा. डा. गीताभक्त जोशी सदस्य सचिव रहेको समिति गठन गरेको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा. राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए ।

यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम ‍लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ ।

राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य महाधिवेशन गर्ने कार्ययोजना र कार्यतालिका १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । त्यस्तै पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन समेत राप्रपाले निर्देशन दिएको छ ।

निर्मल निवासको संलग्‍नताबारे छानबिन गर्न माग

बुधबारको केन्द्रीय समिति बैठकमा ८ जना केन्द्रीय सदस्यले राप्रपाको नेतृत्व चयनमा पूर्वराजाको भूमिकाबारे छानबिन गर्न माग गरेका छन् ।

केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, शशी सिलवाल, रीता माझी, राधेश्याम शाह, जमुना थापा र दीपक मल्लले निर्मल निवासको संलग्‍नताबारे छानबिन गर्न माग गरेका नेता बर्तौलाले बताए । तर केन्द्रीय समितिले भने यसबारेमा कुनै निर्णय गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment