+
+

एमाले केन्द्रीय कमिटी बैठकमा १४ एजेण्डामाथि छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १८:५४

२२ मंसिर, काठमाडौं । नेकपा एमालेको शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय गरिएको छ । भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन देखि नेताहरुको वरियताक्रम निर्धारण समेत गरिनेछ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बाँकी केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटी बैठकले गर्नेछ । यस्तै, जिल्ला र प्रदेश अधिवेशन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि र केन्द्रीय कार्यालय व्यवस्थापनबारे छलफल हुनेछ ।

बैठकले महाधिवेशनको सन्देश र पार्टी प्रवेश अभियानबारे समीक्षा र जनसंगठन सुदृढिकरण अभियानबारे समेत निर्णय गरिने तामाङले बताए । बैठक दुई दिन चल्नेछ । चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीको पहिलो बैठक १४ मंसिरमै बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment