+
+

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ७:०५

२३ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।

अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो ।

बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे ।

बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो ।

बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो भयो ।

अर्को स्पानिस क्लब सेभिया पनि समूह चरणबाटै बाहिरिएको छ । समूह जीअन्तर्गत अन्तिम खेलमा साल्जवर्गसँग १-० ले पराजित भएपछि सेभिया शीर्ष दुईमा पर्न सकेन । फ्रेन्च क्लब लिल र साल्जवर्ग यस समूहबाट अन्तिम १६ मा प्रवेश गरेका छन् ।

स्पेनबाट रियल मड्रिड र एट्लेटिको मड्रिड अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी माल्मोलाई १-० ले पराजित गर्दै इटालियन क्लब युभेन्ट्स समूह एच को विजेता बनेको छ । जेनिथ सेन्ट पिटर्सवर्गसँग ३-३ को बराबरी खेलेको चेल्सी समूह उपविजेता बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?