+
+

विलासिताका वस्तु आयात निरुत्साहित गर्छौं : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १२:५४

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताएका छन् ।

बिहीबार संसदकाे अर्थ समितिको बैठकमा गभर्नर नेपालले अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने याेजना रहेको सुनाए ।

राष्ट्र बैंकले आयात राेक्न नसक्ने तर आयातलाई निरुत्साहित गर्ने नीति बनाउन सकिने बताए । यसका विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघका साथै अन्य सराेकारवालाहरुसँग छलफल गरिरहेको गभर्नर अधिकारीले बताए ।

‘अब हामी विलासिताका वस्तु आयातलाई निरुत्साहित गर्छौं, यसले अहिले देखिएका समस्याहरु समाधान हाेलान्’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गभर्नर अधिकारीले भने ।

समितिकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि आवश्यकता हेरेर आयातमा कडाइ गर्नु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?