+
+

‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:३६

२३ मंसिर, काठमाडौं । चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको यो चलचित्र चैत ४ गते रिलिज हुनेछ ।

निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथा चलचित्रमा समावेश छ । चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई देखाउन खोेजेको बताए ।

‘चिसो एस्ट्रे’मा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् । यस्तै, पर्दामा उनलाई निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठले साथ दिएका छन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।

चलचित्रमा दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा अजर जंगमको संगीत छ । चलचित्रमा उज्ज्वल बस्ताकोटीको छायांकन, उज्ज्वल ढकालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?