+
+

गिरिजा अधिकारीको ‘मकवानपुरमा मिडिया’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:२४

२३ मंसिर, मकवानपुर । पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन भएको छ । विहीबार हेटौंडामा बाग्मती प्रदेश प्रमुख यादवचन्द शर्माले गीतकार तथा साहित्यकारसमेत रहेका अधिकारीको पुस्तक विमोचन गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचारलाई जनतासामु  सुसूचित गर्न आह्वान गरे ।

उनले पत्रकारिता राजनीतिक दलको छाया बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्च पदस्थ अधिकृतहरुले गरेका अनियमित कार्यको लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न आफुमा दृढता हुनुपर्ने बताए ।

शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिले नयाँ युवा पुस्ताहरुलाई पत्रकारिता क्षेत्रको विकासको लागि अग्रसर रहनुपर्ने आवश्यकता औँल्याउँदै पत्रकार महासंघले अभिप्रेरित गर्नुपर्ने टड्कारो आवश्यकता भएको बताए ।

सो अवसरमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्नुहुँदै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

उनले कोभिड १९ का संक्रमणबाट प्रभावित भएका सर्वसाधारण नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउने र सबै सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति र बजेट उपलब्ध गराइएको बताइन् ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको प्रजातन्त्र राष्ट्रियता सम्र्वद्धनको लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पहुँचमा नरहेका जनताहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक सम्मृद्धिको लागि प्रदेश सरकारले निश्पक्षका साथ विशेष कार्यक्रम तर्जूमा गरी लागू गर्न आग्रह गरिन् ।

कार्यक्रममा सो पुस्तकका लेखक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतको रुपमा रहेको सो पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा लाग्ने युवा पुस्ताले आफ्नो जीवनशैलीलाई कठिनाई भोगेर भएपनि पत्रकारिता क्षेत्रको विकासलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त पुस्तकको समिक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले उक्त पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवा जगतलाई पत्रकारिता क्षेत्रको माध्ययमबाट मुलुकमा देखिएको भ्रष्टाचार विसंगती र हिंसालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?