
२३ मंसिर, काठमाडौं । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगीता आगामी पुस पहिलो सातादेखि हुने भएको छ ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीता पुस १ देखि ३ सम्म ललितपुरको भैसीपाटीमा हुन लागेको जानकारी गराएको हो ।
प्रतियोगीतामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मिक्स डबल्स, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि), व्वाइज सिंगल्स यू-१६ र गर्ल्स सिंगल्स यू-१६ गरी ८ स्पर्धा टीम समावेश छ ।
प्रतियोगीतामा ३ सय २० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र र सशस्त्र प्रहरीबलका विभागीय टोलीसँगै स्थानीय क्लबका खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगीताको मुख्यप्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यस्तै सह प्रायोजकमा पूर्णशंकर श्रेष्ठ रहेको छ । प्रतियोगीताको आधिरिक टेबल टेनिस पार्टनर सिओम टेबल टेनिस नेपाल रहेका छन् ।
बिहीबारै आयोजकले प्रमुख प्रायोजक र सह प्रायोजकसंग प्रायोजनको अनुबन्ध पनि गरेको छ । आयोजक एपीएम टेबल टेनिस प्रालीका निर्देशक दानबहादुर महता र सांग्रिला डेभलपमेन्ट बैकमा सिईओ सुयोग श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
खेलकुदका लागि केही सहयोग होस् भनेर नै सहकार्य गरेको सांग्रिला डेभलपमेन्ट बैकमा सिईओ सुयोग श्रेष्ठले बताए । प्रतियोगीताको अनुमानित बजेट १० लाख रुपैया रहेको छ ।
प्रतियोगीतामा मेन्स सिंगल्स र वुमेन्स सिंगल्सका विजयी खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलो हुनेले १० हजार, दोस्रो हुनले ५ हजार तथा तेस्रो हुने दुई जनाले समान दुई हजार पाँच सय रुपैया प्राप्त गर्नेछन् ।
यस्तै सबै आठ स्पर्धाका विजेतालाई सिओम टेबल टेनिस नेपाल द्वारा पाँच लाख रुपैया बराबरको टेबल टेनिस खेल सामग्री प्रदान गरिनेछ ।
प्रतियोगीतालाई अर्को वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4