+
+

प्रचण्डले हस्तक्षेप नगरे माओवादीको प्रदेश १ अध्यक्षमा निर्वाचन

हरि अधिकारी हरि अधिकारी
२०७८ मंसिर २३ गते १६:४५
माओवादी केन्द्रको प्रदेश १ समितिका आकांक्षी बाँयाबाट क्रमश: हेमराज भण्डारी, सुरेशकुमार राई र ईन्द्रबहादुर आङ्बो ।

२३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले मंसिर २५ र २६ गते पहिलो पटक पार्टीको प्रदेश सम्मेलन गर्दैछ । उक्त सम्मेलनबाट प्रदेश १ को अध्यक्ष बन्न सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी आकांक्षी छन् ।

केन्द्रको हस्तक्षेप नभए आङ्बो र राईबीच चुनावी प्रतिस्पर्धा नै हुने नेताहरु बताउँछन् । ‘अध्यक्षका लागि आङ्बो र राई चुनाव लड्ने पक्षमा छन्, नेतृत्वले हस्तक्षेप नगरे निर्वाचन हुन्छ’ माओवादी प्रदेश १ का एक नेताले भने, ‘विद्यार्थी संगठन र माओवादी निकट पत्रकारहरुको सम्मेलनमा केन्द्रको हस्तक्षेपले गर्दा निर्वाचन भएन ।’

यसअघि पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र पत्रकारको संगठन प्रेस सेन्टरको सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चयन गरेका थिए । प्रदेश सम्मेलनमा पनि प्रचण्डले हस्तक्षेप गरेर अध्यक्ष चयन गर्ने सम्भावना रहेको कतिपय नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार चुनाव हुने स्थितिमा भण्डारी भने प्रतिस्पर्धामा सहभागी नहुन सक्छन् । राई माओवादी केन्द्र प्रदेश १ को वर्तमान अध्यक्ष हुन् । आङ्बो प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री छन् । भण्डारी प्रदेश सचिव छन् ।

मोरङको विराट चोकमा हुने सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनमा अध्यक्ष राईले संगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने आङ्बोले प्रदेश १ को अर्थ राजजनीतिका विषयमा प्रतिवेदन पेश गर्नेछन् ।

राई र आङ्बो निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा छन् । प्रदेश १ अध्यक्ष राई पार्टीले जिम्मेवारी दिए पछि नहट्ने बताए । आङ्बोले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश सचिव हेमराज भण्डारीले आफ्नो इच्छा अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने भएको बताए । ‘पार्टीको नेतृत्वका लागि केन्द्रबाट झरेको छु,’ उनले भने, ‘अध्यक्षमा दाबी स्वभाविक रुपमा रहन्छ ।’ उनले पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए ।

अध्यक्षका आकांक्षीबीच निर्वाचन हुने अवस्था देखिएपनि अन्य पदाधिकारीमा सर्वसम्मत हुने अवस्था रहेको नेताहरुले बताएका छन् । मोरङको विराटचोकस्थित जेसिज भवनमा हुने सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्नेछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?