+
+

भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १६:४७

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् ।

भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ ।

बुधबार सरकारले किसान युनियनलाई प्रस्तावसहितको एक पत्र पठाउँदै आन्दोलन स्थगित गर्न अनुरोध गरेको थियो । उक्त पत्रमा आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारीविरुद्ध दर्ता गरेका सबै मुद्दा फिर्ता हुने उल्लेख छ ।

सरकारी पत्र प्राप्त भएपछि संयुक्त किसान मोर्चाका नेताले बिहीबार बैठक बसेर आन्दोलन स्थगित गर्ने निर्णय गरेको र शनिबारदेखि किसानले प्रदर्शन स्थल खाली गर्ने भारतीय समाचार माध्यमले जनाएका छन् ।

जनवरी १५ मा संयुक्त किसान मोर्चाको बैठक बस्ने र उक्त बैठकमा आन्दोलनको समीक्षा हुने बताइएको छ । यदि सरकारले दायाँ-बायाँ गरे पुन: आन्दोलन सुरु गर्ने किसान नेताहरूको भनाइ छ ।

किसान मोर्चाले डिसेम्बर ११ गते विजयसहित दिल्लीको सीमाबाट किसानहरू घर फर्किने बताएको छ । तर किसान नेता बलबीर राजेवालले आन्दोलन अन्त्य नभएको र हालका लागि स्थगित मात्रै गरिएको बताएका छन् ।

भारतमा गत नोभेम्बर २५ गतेदेखि हजारौं किसानले ३ वटा कृषि कानुन फिर्ता लिनुपर्ने पर्ने माग गर्दै आन्दोलन गरेका थिए । किसान आन्दोल चर्कँदै गएपछि यही नोभेम्बर १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीले ३ वटा कृषि कानुन फिर्ता लिने घोषणा गरेका थिए । हाल तीनवटै कृषि कानुन संसदबाट खारेज गरिएको छ ।  इन्डियन एक्सप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?