
काठमाडौं । जगदम्बा स्टिलले जनकपुरधामस्थित विवाहपञ्चमी महोत्सवमा निःशुल्क शिविर सञ्चालन गरेको छ ।
जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले संयुक्त रुपमा सञ्चालन गरेको उक्त शिविरमा दर्शनार्थीहरुलाई निःशुल्क जलपानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सांस्कृतिक प्रबर्द्धन तथा सामाजिक सेवाका उद्देश्यका साथ आयोजित उक्त शिविरमार्फत विवाहपञ्चमीमा सहभागी भक्तजन, दर्शनार्थी एवं आगन्तुकहरुलाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।
धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्व बोकेको यस पर्वमा सहभागी दर्शनार्थीहरुलाई सेवा गर्न पाएकोमा खुसी लागेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4