
चलचित्र ‘बाग्मती र एउटा यस्तोे प्रेम कहानी’ निर्माण गरिसकेको ब्यानर ट्रि इन्टरटेन्मेन्टले चलचित्र निर्माणसँगै म्युजिक भिडियो निर्माणमा पनि हात हालिरहेको छ । यो कम्पनीले यसअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर ‘माया पिरिम’ बोेलकोे गीत तयार पारेको थियो ।
यही ब्यानरले निर्माण गरेको नेपाल भाषाको ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोेजना गरिएको कार्यक्रममा गीतसँग सम्बन्धीत कलाकर्मीको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको हो ।
यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ ।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।
भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, कलाकारद्धय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुशी व्यक्त गरे ।
कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नवुझेर काम गर्न गाह्रो भएपनि सबैको सहयोेगमा उत्कृष्ट काम भएको सुनाइन् । दिनेश दर्शनधारी र यशोधा राई यो भिडियोका निर्माता हुन् ।
प्रतिक्रिया 4