+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डीआर उपाध्यायको नाममा ८० वटा विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते २०:५३

२३ मंसिर, काठमाडौं । डा. डीआर उपाध्यायले आफ्नो नाममा थप २१ वटा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । योसँगै उनको विश्व कीर्तिमान ८० वटा पुगेका छन् । बिहीबार काठमाडौंमा कार्यक्रमआयोजना गर्दै उनले नयाँ कीर्तिमानको प्रमाणपत्र सार्वजनिक गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ लगायतले उपाध्यायलाई २१ रेकर्ड प्रदान गरेका थिए । उपाध्यायले आफूले सयवटा रेकर्ड पुर्‍याउने उद्देश्यले काम गरेको बताए ।

डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक, एभरेष्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, यूआरएफ वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड जस्ता दश संस्थाबाट २१ विधामा एकसाथ रेकर्ड बनाएका हुन् ।

उनले रेकर्ड बनाएको २१ विधामा संगीतका विभिन्न गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरुको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा-आधा कड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सयभन्दा बढी आफ्ना गीत प्रिन्टलगायतका रहेका छन् ।

डा. उपाध्याका २५ गीति एल्बम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?