+
+

दुलाहा-दुलही बन्दा विक्की र कट्रिनाको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते ९:१३

२४ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् ।

कट्रिना र विक्कीको विवाहको दृश्य प्रसारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोहमा पुगेका अतिथिहरुलाई भिडियो खिच्न दिइएकोे थिएन ।

कट्रिनाले आफ्नो सामाजिक सञ्जालबाट विवाहको केही तस्वीर सार्वजनिक गर्दै सबैको तर्फबाट पाएको माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । विक्की र कट्रिनाको वैवाहिक समारोह मंगलबारबाट शुरु भएको थियो । विवाह कार्यक्रम तीन दिनसम्म चलेको थियो ।

विवाहपछि कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा शुरु भएको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?