+
+

कांग्रेस महाधिवेशनमय भृकुटीमण्डप (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते ११:४२

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउँसो एक बजे उदघाटन समारोह हुनेछ । भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सजाइएको छ ।

अहिले उदघाटन समारोहको मुख्य मञ्च व्यवस्थापनको काम जारी छ । मञ्चमा एक सय बढी अटाउने गरी व्यवस्थापन गरिएको छ । उदघाटन समारोहमा सहभागी हुनेहरुका लागि मञ्चको सामुन्ने कुर्सीहरु राखिएको छ ।

भृकुटीमण्डप अगाडिको सडक प्रदर्शनीमार्गमा समारोह प्रत्यक्ष हेर्न मिल्ने डिजिटल डिस्प्ले राखिएको छ । प्रदर्शनीमार्गमा सवारी साधनहरुलाई प्रवेश निषेध गरेर पैदलयात्रुहरुका लागि मात्र खुल्ला गरिएको छ । कांग्रेसको प्रचार समितिले काठमाडौंका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ ।

महाधिवेशनलाई लक्षित गरी ३५० ट्राफिक प्रहरीहरुसहित नेपाल प्रहरीको पाँच हजार बढी जनशक्ति परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आयोजित महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन आएका चार हजार सात सय प्रतिनिधिहरुले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । प्रतिनिधिहरुले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा केन्द्रीय सदस्यहरूले अनुमोदन गरेर चयन गर्ने व्यवस्था छ ।

तस्वीरहरु : चन्द्र आले/आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?