+
+

कल्याण गुरुङले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते ११:२७

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।

गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । गुरुङ केन्द्रीय सदस्य हुन् ।

एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा छ ।

यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?