+
+

एमाले केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १४:३०

२५ मंसिर, काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी छ । भक्तपुरको गठ्ठाघरमा बसिरहेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ गराएर बैठक शुरु भएको थियो । बैठकमा स्थायी कमिटी गठन, पोलिट्ब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत एजेण्डा तय भएको छ ।

बैठकमा अध्यक्ष पदमा पराजित भीम रावल भने अनुपस्थित छन् । अध्यक्षमा पराजित भएपनि रावल केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर उनले केन्द्रीय सदस्यको शपथ समेत लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment