+
+

शेखर कोइरालाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १४:५५

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले उम्मेदवारी दर्ता गराएको छ ।

शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको थियो ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।

उनीहरु सबैले शनिबार दिउँसो महाधिवेशनस्थल भृकुटीमण्डपमा गई उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?