+
+

पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं : निधि

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १३:३०

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।

कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् । ‘दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं’ उनले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा छौं ।’

आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?