+
+

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:२५

२६ मंसिर, काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् । संघको १६औं वार्षिक साधारण सभाले संघको अध्यक्षमा टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि) लाई चयन गरेको हो ।

साधरण सभाले संघको उपाध्यक्षमा रितेश मित्तल (नेपाल रेमिट इन्टरनेशनल प्रालि), महासचिवमा सञ्जय सिग्देल (सूर्या रेमिट प्रालि), कोषाध्यक्षमा ईन्द्रप्रसाद शर्मा (आईपे रेमिट प्रालि) र सचिवमा दिपेन्द्र खनाल (इजिलिंक रेमिट्यान्स प्रालि)लाई चयन गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रालि), दिवाकर पौडेल (जीएमई रेमिट प्रालि), सञ्जिव पाठक (एटीटी रेमिट प्रालि) चयन भएका छन् ।

संघको विधान अनुसार अध्यक्षले युमा श्रेष्ठ (हिमालयन बैंक लिमिटेड) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रालि)लाई सदस्यमा मनोनित गरेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितका लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । आईएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दै टण्डनले ढकालकै अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायिक क्षेत्र बनेको बताए । रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता उनको थियो ।

काठमाडौंमा शुक्रबार सम्पन्न भएको साधरणसभामा संघले पूर्वपदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?