+
+

हिम पहिरो प्रभावित मुस्ताङमा फागुन अन्तिम साता पर्वतीय सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:३६

२६ मंसिर, काठमाडौं । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्याबारे विश्व शक्तिहरूको ध्यानाकर्षण गराउन पर्वतीय सम्मेलन आयोजना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फागुन २९ र ३० गते मुस्ताङमा माउन्टेन एड्भोकेसी समिट-२०२२ गर्ने घोषणा गरिएको हो ।

माउन्टेन इनिसिएटिभ र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपालले आयोजना गर्ने पर्वतीय सम्मेलनले राष्ट्रिय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय स्तरमा पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौति, सम्भावना र अवसरहरूका बारेमा सबैको ध्यानाकर्षण गराउने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आयोजक संस्था किडार्कका मीनबहादुर शाहीले जानकारी दिए ।

पर्वतीय क्षेत्रको जैविक विविधता, हिमालको हिउ, पानीको स्रोत, सभ्यताको उद्गमस्थलको संरक्षण र पर्यटन विकासका लागि सम्मेलन गर्न लागिएको उनले बताए ।

उक्त सम्मेलनले नीतिगत तहमा सकरात्मक प्रभाव पार्ने विश्वास लिइएको किर्डाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए ।

मुस्ताङको टुकुचे हिमालमा गएको हिम पहिरोले सबैको गम्भीर रूपमा ध्यान केन्द्रित गरेको हुनाले सम्मेलन मुस्ताङमा गर्न लागिएको आयोजकले जनाएका छन् ।

सम्मेलनमा जलवायु परिवर्तन र यसले पर्वतीय क्षेत्रमा पार्ने प्रभावबारे छलफल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?