+
+

एकैदिन ८८ अंकले घटेर नेप्से परिसूचक २३ सयको लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १६:०४

२६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

नेप्से परिसूचक ८८ अंकभन्दा धेरैले घटेर २३ सयको लाइनमा झरेको छ । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकमा झरेको छ ।

कारोबार रकममा पनि आइतबार उत्साह देखिएन । दिनभर भएका ५१ हजार ८ सय ४४ कारोबारबाट २२८ कम्पनीका ७४ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँको कारोबार भएको छ ।

आइतबार ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?