+
+
Shares

धितोपत्र साम्राज्यवादको विकसित रुप, पुँजीको लगानी पुँजीमै हुनु दुखद् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:१४

२६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारमा भइरहेको लगानी गलत भएको टिप्पणी गरेका छन् । पुँजीको लगानी उत्पादनमूलक उद्योगहरुमा हुनुपर्नेमा पुँजीको लगानी अन्यत्रै भएको बताएका हुन् ।

शेयर लगानीकर्ताहरुले ‘पुँजीबजार विरोधीलाई नो भोट’ अभियानको घोषणा गरेको भोलिपल्टै प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि यसलाई चासोको साथ हेरिएको छ । ९० को दशकपछि समाजवादी भनिएका देशहरु गर्ल्याम-गुर्लुम्म ढलेपछि पुँजीपतिहरुले अब कम्युनिज्म सकियो र पुँजीवादको विजय भएको भनेर टिप्पणी गरेको भन्दै उनले भने, ‘विचारको मृत्यु भइसक्यो, अब त सबचिज बजार नै हो, पुँजी नै हो भनेर होहल्ला गरिएको तपाईं हामीले नै हो नि !’

माओवादी केन्द्रको प्रदेश अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै शनिबार प्रचण्डले पुँजीको लगानी पुँजीमै हुनु दुखद भएको बताए । आफूले निर्णय सुनाएको नभई अध्ययन र अनुसन्धान गर्न प्रस्ताव गरिएको भन्दै प्रस्तुत भएका प्रचण्डले संशोधनवाद र पुँजीवाद पनि भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादमा जोडिएर आएको बताए ।

यो समस्या लेनिन र माओले राम्रोसँग देख्न र अध्ययन गर्न नपाएको भन्दै प्रचण्डले वित्तीय एकाधिकार पुँजीबाद के हो ? यसको चरित्र कस्तो हुन्छ ? यसलाई परास्त कसरी गर्ने भन्ने जिम्मा आफूहरुको काँधमा आएको बताए ।

‘पहिला-पहिला पुँजीको लगानी उद्योगमा, उत्पादनमा लगानी हुन्थ्यो, त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे, आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मूख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ’ उनले भने, ‘पुँजीको लगानी पुँजीमै हुने वित्तीय पुँजीबादको विशेषयता भएर देखा पर्यो, धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरु हेर्दा यी बैंक हुन् पैसा यताउता गर्छन् भनिन्छ, तर होइन त्यति सजिलो ।’

यो साम्राज्यवादको विकसित रुप र वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने र नाफा संसारका केही सिमित पुँजीपतिको हातमा संसारकै धन हात पार्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोको नाङ्गो राख्ने प्रणाली भएको उनको टिप्पणी गरे ।

अब संसारको पुँजी उद्योगमा नभएर सट्टाबजार र धितोपत्र बजारमा हुने बताए । बैंकहरुले घरजग्गामा पैसा लगाउने गरेको विश्वमै यस्तो प्रणालीको विकास भएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?