+
+
Shares

सरकारले कुनै आग्रह-पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:५२

१५ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेको बताउँदै उनले २१ फागुनमै चुनाव हुनुपर्ने बताएका हुन् ।

सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ, उनले भने ।

उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह समेत गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ छ ।

उनले देशको वर्तमान समस्य समाधानका लागि लोकतान्त्रिक पार्टीलाई सहकार्यका लागि आग्रह गरेका छन् ।

नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट र लोकतान्त्रिक पार्टी मिलेर अघि बढाएको बताउँदै उनले जेनजी आन्दोलनपछिको परिस्थितिको निकासका लागि सहकार्य गर्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?