काठमाडौं । रामेछाप जिल्ला बास्केटबल समितिको आयोजनामा प्रथम अन्तरकलेज बास्केटबल सोमबारदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकका समितिका अध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा लिम्पिया नेसनल कलेज तथा सह– प्रायोजकमा कृष्ण मावि टीमु पूर्व विद्यार्थी एकता समाज, रामेछाप रहेको छ ।
खेलहरु जोरपाटीस्थित लिम्पिया कलेजको कोर्टमा हुने छन् । फाइनल शुक्रबार हुनेछ ।
प्रतिक्रिया 4