+
+

तुफानको रुपमा अगाडि बढ्छौं : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:३०

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताएका छन् ।

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नुपर्ने बताए । पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको भन्दै उनले भने, ‘आज जिम्मेवारी पाइएन भने भोलि पाइएला ।’

चुनाव आएको भन्दै उनले जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने बताए । ओलीले अघि भने, ‘हामी तुफानको रुपमा अगाडी बड्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?