+
+
Shares

भरपर्दो आधार भए निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन्छौं : उर्जामन्त्री

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भरपर्दो आधार दिन सके निजी क्षेत्रलाई समेत विद्युत व्यापारको अनुमति दिइने बताएकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:४७

२६ मंसिर, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भरपर्दो आधार दिन सके निजी क्षेत्रलाई समेत विद्युत व्यापारको अनुमति दिइने बताएकी छिन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र इकोनमिक पोलिसी इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित नेपालमा विद्युत व्यापारको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो जानकारी गराएकी हुन् ।

‘विद्युत प्राधिकरणले कम्पनीमार्फत व्यापार गर्न पाउने गरी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ,’ भुसालले भनिन्, ’निजी क्षेत्रले पनि भरपर्दो आधार दिए विधेयक पास नभएपनि अनुमति दिन्छौ’

मन्त्री भुसालले अहिलेको अवस्थामा ऊर्जा कूटनीति नै निर्णायक हुने समेत बताइन् । राजनीतिक, आर्थिकभन्दा ऊर्जा कूटनीति नै निर्णायक हुने उनको भनाइ छ । अहिले छिमेकी देश भारतका लागि राजदूत भएका शंकर शर्मालाई समेत कार्यकाल सफलतामा ऊर्जा कूटनीतिमै भर पर्ने भनेर आफूले जोड दिएको बताइन् । विद्यमान कानूनले नपुगेर नै नयाँ कानून ड्राफ्ट भएको भन्दै राजनीतिक अवरोध भएन भने हिउँदे अधिवेशनमा यो विधेयक पास हुने भुसालले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?