+
+

स्रोत नखुलेको १८ लाखसहित वीरगञ्जबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १९:००

२६ मंसिर, वीरगञ्ज। स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता पक्राउ परेका हुन् ।

आईतबार दिउँसो ३ बजे वीरगञ्ज–८ घण्टाघर स्थित सडकखण्डबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना. १६ प. ५४४६ नम्बरको मोटरसाइकलमा सवार चन्दनले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख फेला परेको प्रहरीले जनाएको छ ।

कारोबारमा संलग्न रहेको आरोपमा ओमप्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?