+
+

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा सिंखडा र सचिवमा बस्नेत चुनिए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ७:२८

२७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चुनिएका छन् ।

सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरेको हो ।

शनिबार काठमाडौंमा उदघाटन भई आइतबार रातिसम्म चलेको बन्दसत्रले सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले जानकारी दिए । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।

दुई दिन चलेको सम्मेलनको बन्दसत्रले आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको थियो ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौंमा हुँदैछ । सोहीअन्तर्गत प्रदेश सम्मेलन आयोजना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?