+
+

बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास, आज वास्तु पूजा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ८:१०

२७ मंसिर, काठमाडौं । बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ ।

पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन-तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको छ । एक रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्ने छन् । दुई रोपनी जग्गामा बनाइएको अर्को भवन सार्वजनिक प्रयोजनका लागि हो । सार्वजनिक भवन अझै बन्ने क्रममै छ ।

प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रवन्धयुक्त छ । यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनी लगायत छन् ।

दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबि लगायतका कोठाहरु छन् ।

सार्वजनिक प्रयोजनका लागि बनाइएको भवनको भुइँ तलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषदको आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्र लगायतका कोठाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?