+
+

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १०:४८

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् ।

उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् ।

सभापतिका उम्मेदवारहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह, महामन्त्रीका उम्मेदवारहरु गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, प्रकाशशरण महत लगायत प्रतिनिधिहरुलाई भेटेर भोट मागेको देखिएको छ । यद्यपि उनीहरु आफैंले भने प्रचार सामग्री वितरण गरेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?