+
+

नेपाली मूलका गायक कर्टिस वाटर्सले पाए अमेरिकी गोल्ड अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ११:०८

२७ मंसिर, काठमाडौं । नेपाली मूलका गायक कर्टिस वाटर्स (अभि बस्ताकोटी)ले अमेरिकी अवार्ड पाएका छन् । रेकर्डिङ इन्डस्ट्री एशोसिएसन अफ अमेरिका (आरआईएए)ले विज्ञप्ति मार्फत घोषणा गरेको सन् २०२१ मा गोल्ड तथा प्लाटिनम अवार्ड पाउने कलाकारहरूको सूचीमा बस्ताकोटी पनि परेका हुन् ।

यस वर्ष उक्त  अवार्डमा ४३ जना नयाँ कलाकारको नाम घोषणा भएकोमा उनले चर्चित गीत ‘स्टानिन’ का लागि यस वर्षको आरआईएए गोल्ड अवार्ड प्राप्त गरेका हुन् ।

संस्थाका अध्यक्ष तथा सीईओ मिच ग्ल्याजियरले यो अवार्ड पाउने संगीतकर्मीहरूको भूमिका संगीतको सिर्जनशील तथा व्यावसायिक क्षेत्रमा उल्लेख्य रहेको बताउँदै पुरस्कृत प्रतिभाहरुलाई संगीतको अति विशिष्ट श्रेणी प्रतिभाको समूहमा स्वागत गरेका छन् ।

आरआईएए संगीतको प्रबर्द्धनमा समर्पित व्यावसायिक संस्था हो । संसारका संगीत व्यवसायमा संलग्न र प्रसिद्ध कलाकारहरुसँग कार्यरत महत्वपूर्ण संगीत व्यवसायी संस्था यसका सदस्य छन् ।

अमेरिकाको नर्थ क्यारोलिना निवासी २१ वर्षीय कर्टिस वाटर्सको ‘स्टनिन’ गीत उनको ‘पिटीपार्टी’ एल्बममा समावेश छ ।  बीएमजी नामको अन्तर्राष्ट्रिय रेकर्ड लेबलले बजारमा ल्याएको यो गीत हालसम्म एक अर्ब भन्दा बढी पटक विभिन्न माध्यमबाट प्रवाहित भइसकेको छ । ‘स्टनिन’ का लागि कर्टिसले क्यानडा डबल प्लाटिनम, अस्ट्रेलिया प्लाटिनम,  ब्राजिल प्लाटिनम, म्याक्सिको गोल्ड, इण्डिया गोल्ड, न्युजिल्याण्ड गोल्ड, अमेरिका गोल्डलगायत प्रमाणपत्र पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?