+
+

एलन मस्क बने टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २१:४८

२७ मंसिर, काठमाडौं । टाइम म्यागाजिनले विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई २०२१ को वर्ष व्यक्ति घोषणा गरेको छ ।

टाइम म्यागजिनका सम्पादकहरूले मस्कलाई २०२१ को वर्ष व्यक्ति घोषणा गरेका हुन् । उनी रकेट निर्माता कम्पनी स्पेसएक्सका पनि सीईओ हुन् । विद्युतीय कार, अन्तरिक्ष यात्रामा गरेको योगदानसहित क्रिप्टोकरेन्सीप्रतिको रुची एवं मंगल ग्रहमा मानव लैजाने योजनाका लागि उनलाई वर्ष व्यक्तिको रुपमा छानिएको टाइमले जनाएको छ ।

‘वर्ष व्यक्ति भनेको प्रभावको मानक हो र पृथ्वीमा अनि संभवत: पृथ्वी बाहिरसमेत मस्कको जति प्रभाव थोरै व्यक्तिको मात्रै छ’, टाइमका प्रधान-सम्पादक एडवार्ड फेलसेन्थलले भने, ‘२०२१ मा विश्वकै धनी व्यक्तिको रुपमा मात्रै मस्क उदाएनन्, उनी संभवत: हाम्रो समाज भएको व्यापक परिवर्तनको अब्बल उदाहरण भएर समेत उदाए ।’

अमेरिकी पत्रिका टाइम म्यागजिनले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र कमला ह्यारिसलाई वर्ष व्यक्ति घोषणा गरिएको थियो ।

सन् २०१९ देखि म्यागजिनले अन्य विधामा समेत वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । यो वर्ष पप स्टार ओलिभिया रोद्रिगोलाई वर्ष कलाकार र ओलम्पिकमा ४ पटक स्वर्ण जितेकी साइमन बाइल्सलाई वर्ष खेलाडी घोषणा गरिएको छ ।

त्यस्तै, कोभिड-१९ खोप आविष्कारमा महत्वपूर्ण भूमिका खेलेका क्याटलिन करिको, बर्नी ग्राहम, किजमेकिया कोर्बेट र ड्रु वेइसम्यानलाई वर्ष नायक घोषणा गरिएको सीएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?