+
+

दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:०१

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेखर कोइरालाले दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गरेर चुनाव जित्ने दाबी गरेका छन् ।

मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा सम्बोधन गर्दै नेता कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका हुन् ।

‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो’ उनले भने, ‘उहाँहरू (देउवा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं।’

कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई अन्तरआत्माको आवाज सुनेर मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?