+
+

अमेरिकी वैज्ञानिकको दाबी : मंगल ग्रहमा देखियो अनौठो जीव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:४१

अमेरिकी अन्तरीक्ष संस्था नासाका एकजना वैज्ञानिकले मंगल ग्रहमा किराको आकार भएको जीव देखिएको दाबी गरेका छन् ।

मंगल ग्रहमा जीवन रहेको सबुत फेला परेको उनको दाबीमा नासाका अन्य वैज्ञानिकहरू आश्वस्त हुन सकिरहेका छैनन् । तथापि उनले अन्तिम समयसम्मै आफू आफ्नो दाबीमा अडिग रहने र आफूले मंगल ग्रहमा किरा आकारको प्राणी देखेको बताएका छन् ।

नासाका ९७ वर्षीय वैज्ञानिक गिलबर्ट वी लेभिनका अनुसार उनी ४५ वर्षअघि नासाको भाइकिंग मंगल यान मिसनको सुपरभाइजर थिए जसको नाम लेबल्ड रिलिज एक्सपेरिमेन्ट थियो । नासाको उक्त मिसनको माध्यमबाट मंगल ग्रहको माटोमा सुक्ष्म जीवहरूले छाड्ने ग्यासहरुको जाँच गरिएको थियो ।

लेभिनले त्यतिबेलै सन् १९७६ को जुलाई २० मा मंगल ग्रहको बल्ड रिलिज टेस्टका क्रममा मंगल ग्रहमा जीवनको सम्भावनाको सबुत फेला परेको बताएका थिए ।

मंगल ग्रहका विभिन्न चार वटा स्थानमा उक्त प्रयोग गरिएको थियो र सबैको नतिजा एकैखालको थियो र पृथ्वीमा हुने परीक्षणसँग मिल्दोजुल्दो थियो । तर नासा उक्त परीक्षणबाट पूर्णरुपमा सन्तुष्ट हुन सकेन ।

तथापि भाइकिंग मार्स प्रोबमा जडान गरिएको अर्को यन्त्र भाइकिंग मोलिक्यूलर एनालिसिस एक्सपेरिमेन्टले मंगल ग्रहमा कुनै पनि जीव पत्ता लगाउन सकेको थिएन । त्यसपछि नासाले रिपोर्ट जारी गर्दै मंगल ग्रहमा वास्तवमा जीवन नरहेको बताएको थियो ।

मंगल ग्रहमा जीवनको अस्तित्व रहेको दाबी गर्ने गिलबर्टको त्यतिबेलै कडा आलोचना भएको थियो । तर उनी आफ्नो दाबी सही भएको बताउँछन् । नासाले पछिल्लो पटक मंगल ग्रहमा पठाएको क्युरोसिटी रोबरले समेत मंगल ग्रहमा किराजस्तो आकारको जीवको तस्वीर खिचेको उनको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?