+
+

लहानमा रेनोको नयाँँ शोरुम सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:११

काठमाडौं । रेनोले सिरहाको लहानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने क्रममा रेनोले लहानमा आफ्नो नयाँँ शोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीले आफ्नो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स राखेको छ । भाग्य महालक्ष्मी अटोमोबिल्स प्रालिका सञ्चालक राम शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ लहानका अशोकलाल अमात्य, कम्पनीका जेनेरल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख बिपुल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका जेनेरल म्यानेजर श्रेष्ठले ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन कम्पनी प्रतिवद्ध रहेको बताए ।

सेल्स नेटवर्क प्रमुख भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।

यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन् । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?