+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

लहानमा रेनोको नयाँँ शोरुम सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:११

काठमाडौं । रेनोले सिरहाको लहानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने क्रममा रेनोले लहानमा आफ्नो नयाँँ शोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीले आफ्नो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स राखेको छ । भाग्य महालक्ष्मी अटोमोबिल्स प्रालिका सञ्चालक राम शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ लहानका अशोकलाल अमात्य, कम्पनीका जेनेरल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख बिपुल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका जेनेरल म्यानेजर श्रेष्ठले ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन कम्पनी प्रतिवद्ध रहेको बताए ।

सेल्स नेटवर्क प्रमुख भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।

यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन् । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?