+
+

त्रिविको ४७औं दीक्षान्त समारोहमा १९ जना विद्यार्थीले पदक पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:१२

२८ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले पुस ५ गते हुने ४७औं दीक्षान्त समारोहमा उत्कृष्ट भइ पदक तथा पुरस्कार पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको छ ।

त्रिवि पनिकाले विभिन्‍न शिर्षकका स्वर्ण पदक, चान्सलर पदक लगायत विभिन्‍न शीर्षकका पदकबाट विभिन्‍न तह, विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल १९ विद्यार्थीको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचना अनुसार २७ शीर्षक पदक तथा पुरस्कारमा कतिपय विद्यार्थी दोहोरिएको कारण १९ जना विद्यार्थीको नाम परेको हो ।

पदक प्राप्त तथा पुरस्कृत विद्यार्थीहरुलाई त्रिविले दीक्षान्त समारोहमा दीक्षित एवं पुरस्कृत जनाएको छ ।

गोरखापत्रमा सार्वजनिक भएको समावेश नामावली बाहेक विद्यार्थीको नाम छुटेमा आगामी पुस १ गते भित्र स-प्रमाण आवेदन दिन सूचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?