+
+

तीन सयले महँगियो सुन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:०१

२८ मंसिर, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले महँगिएको छ भने चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।

आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य साताको तेस्रो दिनमा भने बढेर कारोबार भएको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारदेखि नै दुवै सुनको मूल्य क्रमशः ९२ हजार ५ सय र ९२ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १,१९० बाट प्रतितोला १,२१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?