+
+

भारतका ८ राज्यमा ओमिक्रोन फैलियो

भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नयाँ दिल्लीसहित ८ राज्यमा फैलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:५९

२८ मंसिर, काठमाडौं । भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नयाँ दिल्लीसहित ८ राज्यमा फैलिएको छ ।

राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चन्डीगढ (युनियन टेरिटरी) मा नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मंगलबार दिल्लीमा ओमिक्रोनका थप ४ संक्रमित फेला परेका छन् । योसँगै भारतभर हालसम्म ४५ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् २० जना छन् । त्यस्तै, राजस्थानमा ९, दिल्लीमा ६, गुजरातमा ४ र कर्नाटकमा ३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । केरला, आन्ध्र प्रदेश र चन्डीगढका १-१ जनामा यो भेरियन्ट देखिएको छ ।

तर ओमिक्रोनको त्रासबीच भारतमा मंगलबार कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या झण्डै १९ महिना (५७१ दिन) यताकै कम बिन्दुमा पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८४ नयाँ संक्रमित थपिएका छन् । उक्त अवधिमा २५२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भारतमा सक्रिय संक्रमितको संख्या समेत ५६३ दिनयताकै न्यून बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९९५ जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ८८ हजार ९९३ मा झरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

भारतमा हालसम्म ३ करोड ४७ लाख ३ हजार ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ४१ लाख ३८ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् भने कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार ८८८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?