+
+

बुटवल–पाल्पा सडक पुस १३ सम्म रातिमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १७:३०

२८ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ ।

सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ ।

उक्त सडक महेश इन्जिनियरिङ सत्यवती जेभी नवलपरासी पश्चिम र बन्दन भगवती÷महेश सत्यवती जेभीले बनाउने ठेक्का पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?