+
+

बेलारुसका विपक्षी नेतालाई १८ वर्ष जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १९:५०

२८ मंसिर, काठमाडौं । बेलारुसका विपक्षी नेता सर्गेई टिखानोभ्स्कीलाई १८ वर्षको जेल सजाय सुनाइएको छ ।

विपक्षी नेता टिखानोभ्स्कीलाई १८ वर्ष जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनलाई दंगा आयोजना गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै १८ वर्ष जेल सजाय सुनाइएको हो ।

बेलारुसको सरकारी समाचार माध्यम बेल्टाका अनुसार दक्षिणपूर्वी शहर गोमेलस्थित एक अदालतले टिखानोभ्स्कीबाहेक अन्य ३ जना विपक्षी नेता मिकोला स्टाटकेभिच, इगोर लोसिक र भ्लादिमिर साइगानोभिचलाई दोषी ठहर गरिएको समाचारमा उल्लेख छ ।

यसै वर्षको अगस्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा टिखानोभ्स्कीले राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोलाई चुनौती दिने योजना बनाएका थिए । तर निर्वाचनपूर्व नै उनलाई पक्राउ गरिएको थियो । लगत्तै उनकी श्रीमती स्भेतलाना टिखानोभ्स्कीले लुकासेन्कोसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गरेकी स्भेतलानाले सुरक्षाको कारण देखाउँदै अर्को दिन छोराछोरीसहित लिथुआनियामा शरण लिन पुगेकी थिइन् ।

स्भेतलानाले आफ्ना पतिलाई १८ वर्ष जेल सजाय सुनाउने अदालतको वैधानिकतामाथि प्रश्न उठाउँदै कुनै पनि सजाय अस्वीकार्य हुने प्रतिक्रिया दिएकी छन् । ‘मैले माया गर्ने र लाखौं बेलारुसीको नेता बनेका व्यक्तिको बचाउ गरिरहने छु’, ट्विटरमा पोष्ट गरिएको एक भिडियोमा उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?