+
+

पूर्वस्वास्थ्य राज्यमन्त्री यादवले सञ्चालनमा ल्याए अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २०:१५

२८ मंसिर, जनकपुरधाम। पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले महोत्तरीमा अस्पताल सञ्चालनमा ल्याएका छन् ।

रामगोपालपुर नगरपालिका-९ मा पूर्व राज्यमन्त्री यादवले जानकी एकेडेमिक हस्पिटल संचालनमा ल्याएका हुन् । मंगलबार एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहँदा डा. यादव राज्यमन्त्री थिए ।

डा. यादवले २ सय बेडको अस्पताल संचालनमा ल्याएका हुन् । अस्पतालको उद्घाटन गर्दै जसपा अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका यस क्षेत्रका बासिन्दालाई सुलभ र बिश्वसनिय स्वास्थ्य सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गरे । ‘यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुँचको चाहना पूरा गर्नेमा आफू बिश्वस्त छु’ उनले भने ।

मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिए ।

अस्पतालका संचालक डा. यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह, पूर्व कृषि मन्त्री हरि नारायण यादव, प्रदेश सदस्य कौशल यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?